Duration 13:7

Syangja Bheerkot -8,Dhapuk | Sorathi & Krishna Charitra Naach By Kokheli Sorathi Pariwar Kokhe

16 332 watched
0
176
Published 4 Sep 2021

नमस्कार साथीहरू तपाई हरु माझ आजको भिडियो मा गण्डकी र कर्णाली प्रदेशमा निकै प्रख्यात परम्परागत सोरठी साथै कृष्ण चरीत्र नाचको भिडियो ल्याएको छु र भिडियोमा केहि गल्तीहरु भएमा क्षमाप्रार्थी पनि रहेको छु साथै केहि कुरा हरु छन् भने कृपया तल कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला । 🙏🙏 • सोरठि नाच नेपालको एक परम्परागत नृत्य हो । यो नाच खास गरेर गण्डकी र कर्णालीमा बसोवास गर्ने गुरूङ र मगर समुदायमा निकै प्रख्यात रहेको परम्परागत नृत्य हो । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरू सगँ सम्बन्धीत भएकाले सोह्रवटी भन्दा भन्दै सोरठि भएको भन्ने भनाइ छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गरिन्छ । समाजमा सानो, ठुलो, जातजाति, धनि, गरिब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठी नाचले समाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने बाध्यताले गर्दा यो लोकप्रिय नाच हराउँदै जान थालेको मानिन्छ । [१] मौलिक लोकलयमा आधारित सोरठी नाच पौराणिक तथा ऐतिहासिक कथाहरू समेटेर विविध लय र तालमा मारूनी सहित गाउँने र नाच्ने गरिन्छ । सोरठी नाच हेर्दा मारूनी नाच जस्तै देखिन्छ । सोरठी नाचमा पनि मारूनी नाच जस्तै मादले, मारूनी र पुर्सिङ्गे हुन्छन् । मारूनी नाचमा महिलाहरू नाच समूहमा सहभागी हुन्नन् भने सोरठी नाचमा महिलाहरू पनि गाउने र नाच्ने गर्छन् । कतिपए सोरठीहरूमा महिलालाई नै मारूनी बनाइएको देखिन्छ । सोरठी नाच खास गरेर मगर र गुरूङ समूदायको प्रचलित नाच हो । मगर र गुरूङ समुदायको परम्परागत नृत्य रहेको सोरठी नाच अब लोप हुने अवस्थामा छ । देवी, देउता र पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्या लगायत चाडपर्वहरूका शुभकामनालाई पनि लयबद्ध तरिकामा प्रस्तुत गरिन्छ [२]। मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कार देखि अन्य मेला पर्वमा समेत नाच्ने गरिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ । सरस्वती जगाइ सके पछि मादलको तालमा नाच्ने गरिन्छ । सोरठी नाच गीत भन्दा पनि मादलको तालमा नाचिने नृत्य हो [३]। पुरुषले महिलाको भेषमा नाच्ने कलात्मक सोरठी नाच सल्यान जिल्लाको त पहिचान नै मानिन्छ । पहिलेका दिनहरूमा दशैं, तिहार, मेला, पर्व, विवाह, व्रतबन्ध आदीमा प्रतुत गरिन्थ्यो । तर पछिल्लो समयमा यो परम्परागत नृत्य सल्यान जिल्लामा पनि हराउँदै गएको छ [१]। वास्तवमा भन्ने हो भने सोरठी नेपाली समाजको यथार्थ झल्काउने भाका हो । मगर समुदायमा जन्म देखि मृत्युसम्मका संस्कारहरूमा सोरठी गाउँने र नाच्ने चलन छ । सोरठी नाच्ने र गाउँने चलन कसले र कहिले देखि चलाएको हो भन्ने कुराको अलिखित इतिहासको कारण भन्न सकिने अवस्थामा छैन । दर सन्तानमा हस्तान्त्रण हुँदै आइरहेको यो नेपाली संस्कार पछिल्लो पुस्तामा हस्तान्त्रण हुन नसक्दा आज एउटा गम्भीर चासो र चिन्ताको विषय बन्न पुगेको छ । आधुनिक पाश्चात्य संस्कृतिप्रति आजका युवाहरू आकर्षित हुन थाले पछि मगर समुदायको मौलिक संस्कार बुढापाकामा मात्र सिमित रहन पुगेको छ । सोरठी गीत र नाच मगर समुदायमा पहिले छ्यापछ्याप्ती देख्न पाइन्थ्यो । तर आजभोली यो गीत र नाच देख्न र हेर्न बिरलै पाइन्छ । हाम्रो संस्कृती रहेमा मात्र हामी रहनुको अस्तित्व रहन्छ । समय अनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ [४] धन्यवाद !! सुस्मा गुरुङ (लम्जुङ) 🙏 विशेष धन्यवाद 🙏 वालिङ -१२, कोखे (कोखेली सोरठी परिवार) (आफ्नो धर्म ,संस्कृति बचाउने हामी सबैको दायित्व हो )❣️ (SUBSCRIBE : a2z NabinVlogs)

Category

Show more

Comments - 33