Duration 3:37

गत २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु [CORONA UPDATE] - NEWS24 TV

1 738 watched
0
41
Published 27 Sep 2020

गत २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष रहेका छन् । जसमा सप्तरीका ६३ वर्षीय पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितपुरका ७६ वर्षीय पुरुष र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरि काठमाडौंका २० र ७४ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ४ सय ६७ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०.६५ प्रतिशत हो । यता, गत २४ घण्टामा मुलुकमा १ हजार २ सय ७ जनामा भाइरस पुष्टि भएको छ । योसंंगैे कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, झापामा ७ जना, भोजपुरमा २ जना, मोरङमा ७८ जना, सुनसरीमा २३ जना र सोलुखुम्बुमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा ४ जना, पर्सामा २४ जना, बारामा ४ जना, महोत्तरीमा १ जना, रौतहटमा ६ जना, सप्तरीमा ११ जना, सर्लाहीमा ४ जना र सिरहामा १ जनामा संक्रमण देखिएको छ । यता, वागमती प्रदेशको काठमाडौँमा ५ सय ८३ जना, काभ्रेमा १७ जना, चितवनमा १२ जना, दोलखामा १ जना, धादिङमा ७ जना, नुवाकोटमा २ जना, भक्तपुरमा ६३ जना, मकवानपुरमा १७ जना, रामेछापमा ७ जना, ललितपुरमा ७८ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा १५ जनामा भाइरस देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा १० जना, गोरखामा ३ जना, तनहुँमा ४ जना, नवलपरासीमा पूर्वमा १ जना, लमजुङमा १ जना, वाग्लुङमा १ जना र स्याङ्जामा ४ जनामा संक्रमण पुष्टि भएको छ । यता, प्रदेश ५ को अर्घाखाँचीमा २ जना, कपिलवस्तुमा ३ जना, गुल्मीमा ५ जना, दाङमा २८ जना, नवलपरासीमा १० जना, पाल्पामा ३ जना, प्युठानमा ५ जना, बर्दियामा ७ जना, बाँकेमा ३० जना र रुपन्देहीमा ७३ जना र रोल्पामा ६ जनामा भाइरस पुष्टि भएको छ । त्यस्तै, कर्णाली प्रदेशको सल्यानमा १ संक्रमण देखिएको छ । र, सुदूरपश्चिम प्रदेशको अछाममा १३ जना, कञ्चनपुरमा १ जना, डोटीमा १५ जना, दार्चुलामा ५ जना, बझाङमा २ जना र बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ । यता, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय २४ संक्रमित फेला परेका छन् । योसंगै उपत्यकामा संक्रमितको कुल संख्या १० हजार ६ सय ७० पुगेको छ । जसमध्ये काठमाडौमा १६ हजार ८ सय ४८, ललितपुरमा १ हजार ९ सय ९६ जना र भक्तपुरमा १ हजार ८ सय ५६ जना संक्रमित पुगेका छन् । त्यस्तैं संक्रमणबाट पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म ५३ हजार १३ जना संक्रमुक्त भएका छन् । निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ८ प्रतिशत हो । देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ३ सय ४१ छ । यसैगरी ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन् । त्यस्तै होम आइसोलेसनमा १० हजार ५ सय ८ छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर १० हजार १९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 4